Information is intelligence
HomeEntertainment & Artsअञ्जु पन्तले गरिन दाेश्राे विवाह

अञ्जु पन्तले गरिन दाेश्राे विवाह

- Advertisement -spot_img

नेपाली चर्चित गायिका अन्जु पन्त दाेश्राेपटक विवाह बन्धनमा बाँधिएकी छिन्। उनले बुधबार थिर कोइरालासँग पाटनस्थित चर्चमा विवाह गरेकी थिईन्। अन्जु र थिर एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको हालै मात्र सार्वजनिक भएको थियो यद्यपी बुधबार उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत शेयर गरेकी थिईन्। केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि अन्जुले सबै कुरा खुलाएकी थिईनन्। तर थिरले आफूहरु सम्बन्धमा रहेको अब छिट्टै विवाह गर्ने पनि बताएका थिए।

उनीहरुको विवाहमा सीमित आफन्तहरु मात्र सहभागी थिए। गायिका अन्जुको यस अघि संगीतकार मनोज राजसँग विवाह भएको थियो। मनोजराज र अन्जुको एक छोरी छन्। तर करिब एक दशक अघि भने उनीहरुको डिभोर्स भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु