Information is intelligence
HomeEconomyअब अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने

अब अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने

- Advertisement -spot_img

काठमाडौं | अब लगानीकर्ताले अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने भएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण अन्तर्गत पर्ने भएकाले अबदेखि आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने बताएका छन् ।

यो व्यवस्थासँगै लगानीकर्ताले अब आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् । यो व्यवस्था शुक्रबार (फागुन १४ गते) बाँडफाँड हुन लागेको महिला लघुवित्तको आइपीओबाटै लागू हुने पनि प्रवक्ता न्यौपानेले बताए ।  धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली पनि यस्तो व्यवस्था भएको सीडीएसको भनाई छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु