Information is intelligence
HomePoliticsराजेन्द्र महतोको प्रचण्ड–नेपाललाई प्रश्न: तपाईंहरुको कुन पार्टी हो ?

राजेन्द्र महतोको प्रचण्ड–नेपाललाई प्रश्न: तपाईंहरुको कुन पार्टी हो ?

- Advertisement -spot_img

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पार्टी कुन हो ? भन्दै प्रश्न गरेका छन् ।

संसद् पुनःस्थापनापछिको परिस्थितिका बारेमा छलफल गर्न बिहीबार पेरिसडाँडा पुगेका महतोले यस्तो प्रश्न गरेका हुन् ।

छलफलपछि महतोले भने, ‘‘हामीले के जिज्ञासा राख्यौँ भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी त चाहियो । बडा अलमल भयो, प्रष्ट हुनुस् ।’’

छलफलमा प्रचण्ड–नेपालले मिलेर सरकार बनाउनका लागि जसपाका नेताहरुसँग प्रस्ताव गरेका थिए । सो प्रस्तावमा पार्टीभित्र छलफल गर्ने बताएको जसपाले पहिला पार्टी बनाउन प्रचण्ड–नेपाललाई सुझाव दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु