Information is intelligence
HomeEconomyबियरिस ट्रेन्डमा नेप्से, लगानीकर्ता भन्छन् सामान्य करेक्सन हाे

बियरिस ट्रेन्डमा नेप्से, लगानीकर्ता भन्छन् सामान्य करेक्सन हाे

- Advertisement -spot_img

काठमाडौं | विहिवार शेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक ४४ दशमलव ९४ अंकले घट्यो।

योसँगै यो साताका लागि नेप्से परिसूचक २ हजार ५ सय ५४ दशमलव १३ बिन्दुमा गएर रोकिएको छ। यसअघि बुधबार नेप्से १२ दशमलव ५६ अंकले बढेको थियो।

बिहीबार २ सय ६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८ हजार भन्दा धेरै रकमको कारोबार भयो।

बिहीबार शेयर बजार राताम्मे भए पनि नेपाल इन्फ्रास्टक्चर बैंकको अधिक कारोबारो भएको छ। बैंकको १६ लाख ४९ हजार ९ सय ३० कित्ता सेयर ९० करोड भन्दा धेरै रकममा कारोबार भयो। आज सबै समूहका शेयर ओरालो लागेका छन्।

बिहीबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्स र नेस्नल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस्तै सनराइज फस्ट म्युचुअल फण्ड र नेस्नल हाइड्रोपावरका लगानीकर्ताले धेरै सबैभन्दा धेरै गुमाए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु