Information is intelligence
HomeEconomyनिफ्राको शेयर कारोबार ९० करोड रुपैयाँ

निफ्राको शेयर कारोबार ९० करोड रुपैयाँ

- Advertisement -spot_img

काठमाडौं | नेपाल इन्‍फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर कारोबार ९० करोड रुपैयाँ पुगेको छ । कारोबारमा आएको दुई सातामै शेयर मुल्यमा ठुलो उतारचढाव आएको छ ।

२ माघमा प्राथमिक शेयर (आइपिओ) निष्कासन गरेको कम्पनीको मात्रै बजारमा ३ अर्ब ४३ करोड भन्दा बढी रकमको कारोबार भएको छ ।

सोमबारसम्म प्रतिकित्ता ६६० रुपैयाँसम्म बेच्‍न सके । सोमबार ६० कित्ता सेयर हुनेले ३९ हजार ६०० रुपैयाँमा बिक्री गर्नुपर्‍यो । ६ हजार रुपैयाँ लगानी गर्नेले ३३ हजार ६ सय रुपैयाँ लाभ भयो । तर ठूलो रकममा निफ्राको सेयर खरिद गर्नेहरूलाई भने जोखिम बढेको छ । सोमबारयता शेयर बजारमा गइरहेको पहिरोसँगै निफ्राको सेयर मुल्य घटिरहेको छ । बिहीबार निफ्राको सेयर मुल्य ३ दशमलव ३८ प्रतिशतले घटेर प्रति कित्ता ५४३ रुपैयाँ पुगेको छ ।

केही समय अगाडी मात्रै इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको थियो । विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु