Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार थप ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार २ सय २३ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ८ सय ८२ जना आइसोलेसनमा र ६६ जना क्‍वारेन्टाइनमा छन् । अहिलेसम्म २१ लाख ५३ हजार ६ सय ३६ जनामा पीसीआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो । नेपालमा हालसम्म २ हजार ७ सय ६७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु