Information is intelligence
HomeEconomyमहिला लघुवित्तको आइपीओ बाँडफाँट ,झण्डै १५ लाखकाे हात खाली

महिला लघुवित्तको आइपीओ बाँडफाँट ,झण्डै १५ लाखकाे हात खाली

- Advertisement -spot_img

महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु