Information is intelligence
HomePoliticsपार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ

- Advertisement -spot_img

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन्।

श्रेष्ठले पार्टीको आधिकारिक धारणा मिडियामा आएका समाचार तथा टिप्पणीहरुबाट नबुझ्न अपिल गरेका छन् ।

शुक्रबार बिहान उनले सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्ने तर, त्यसमा सकारात्मक सन्देश वा शिक्षा छन् भनेमात्र त्यसलाई ग्रहण गर्नका लागि सबैमा अपिल गरेका छन् ।

श्रेष्ठले लेखेका छन् :

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं ।सञ्चार माध्यमका आ-आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं ।त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन ।तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु