Information is intelligence
HomeEconomyनेपाल इन्फ्रास्ट्रक्चर बैंककाे समूह परिवर्तन , अब १७ वटा परिसूचक रहने

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे समूह परिवर्तन , अब १७ वटा परिसूचक रहने

- Advertisement -spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे नेप्सेमा काराेबार समूह परिवर्तन गरिएकाे छ । यसअघि अन्य समूहमा रहेकाे बैंक अबभने लगानी समूहमा रहने भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ ।

नेप्सेका अनुसार फागुन ७ गते नेप्सेको व्यवस्थापनले गरेको निर्णय अनुसार आइतबारदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरभेर तथा नयाँ समूहको व्यवस्था गरिएको हो ।

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ ।

आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।

लगानी समूहमा हाल सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, हाइड्राेइलेक्ट्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी , नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु