Information is intelligence
HomeSportsपीएसजीको सहज जित,एमबाप्पेको उत्कृष्ट प्रधर्शन

पीएसजीको सहज जित,एमबाप्पेको उत्कृष्ट प्रधर्शन

- Advertisement -spot_img

एजेन्सी | फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल रह्यो ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २७ खेलमा ५७ अंक जोडेको छ ।

शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ । डिजोन १५ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु