Information is intelligence
HomePoliticsअवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगे प्रचण्ड

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगे प्रचण्ड

- Advertisement -spot_img

काठमाडौं | अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतमा पुगेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गरेका थिए ।

रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिएको थियो । सोही आदेशअनुसार दाहालले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुलेसर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु