Information is intelligence
HomeSportsरोनाल्डोको गोलको बाबजुद युभेन्टस बराबरीमा रोकियो

रोनाल्डोको गोलको बाबजुद युभेन्टस बराबरीमा रोकियो

- Advertisement -spot_img

शनिबार राति भएको खेलमा युभेन्टस घरेलु टोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएको हो। क्रिस्टियानो रोनाल्डोको गोलको बाबजुद इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस बराबरीमा रोकिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको सुरुवातमा युभेन्टसले अग्रता बनाएपनि विपक्षी टोलीका एन्टोनिन बराकले ७७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

बराबरीसँगै युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा यथावत छ। हेलास भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा स्पेजिया पर्मासँग दुई दुई गोलको बराबरीमा रोकियो भने अर्को खेलमा बोलोग्नाले लाजियोलाई २–० ले पराजित गर्यो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु