Information is intelligence
HomeEconomyशेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

- Advertisement -spot_img

साताको पहिलो दिन (आइतवार) शेयर बजार रत्ताम्मे छ । यस दिन नेप्से परिसूचक ७९.७४ अंकले घट्दै शेयर बजार २४७४.३९  विन्दुमा झरेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक १४.५३ अंकले घट्दै ४४७.२९ विन्दुमा झरेको छ । आइतवार २ सय ७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ  ।

होटल्स तथा पर्यटन समूहको शेयर ११.०८ अंकले बढ्दै २०६१.९७ पुगेको छ । यसबाहेक अन्य सबै समूहको कारोबार राताम्मे भएको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्न पुगेको छ । यसको शेयर मूल्य ३७ रुपैयाँले बढ्दै ४ सय १४ पुगेको छ ।

कारोबारका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रह्यो । आइतवार यस कम्पनीको शेयर १ अर्ब २ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

आइतवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६३ करोड ४९ लाख ५५ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यस दिन गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु