Information is intelligence
HomeAgricultureतीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

- Advertisement -spot_img

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ६० हजार टन मल नेपाल भित्रिएको छ । स्विस सिंगापुर कम्पनीसँग खरिद गरेको ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीसँग खरिद गरेको ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याइएको प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिए।

दुई साताअघि कम्पनीले २५ हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत गरिसकेको उनको भनाइ छ । एक महिनायता ५५ हजार टन युरिया र ३० हजार टन डीएपी मल भित्रिएकोले मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताए । सरकार सरकारका बीचमा भएको सम्झौता अनुसार बंगलादेशबाट आउन लागेको २२ हजार ५ सय टन युरिया मल अर्कोसाता मात्रै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु