Information is intelligence
HomeSportsआज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

- Advertisement -spot_img

स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दैछन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

लिगको पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको रियल म्याड्रिडको आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । हाल म्याड्रिड २४ खेलमा ५२ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।

घाइते भएर मैदानबाट बाहिरिएका रियल म्याड्रिडका केहि खेलाडी समूहगत अभ्यासमा फर्केका छन् । यसरी शनिबारको अभ्यासमा फर्कनेमा रोड्रिगो गोएस, फेडे भाल्भार्डे, मार्सेलो र अल्भारो ओड्रीओजोला छन् । रोड्रिगो डिसेम्बर २३ मा मांशपेशीको चोटका कारण मैदान बाहिर रहँदै आएका छन् । इडन हाजार्ड, करिम बेन्जेमाले पनि शनिबार अभ्यास गरेका छन् । तर उनीहरुले भने समूहसँग अभ्यास गरेका होइनन् । फ्रान्सेली फरवार्ड अर्को साता हुने एट्लेटिको म्याड्रिडसँगको खेलमा फर्कने अपेक्षा गरिएको छ । तर, हाजार्डले भने मैदान फर्कनका लागि अझै केहि समय कुर्नुपर्ने देखिएको छ । भाल्भार्डे पनि पूनरागमनको नजिक रहेको बताइएको छ । जनवरी ९ मा ओसासुनाविरुद्धको खेलका क्रममा उनीको माशंपेशीमा समस्या भएको थियो ।

यता सोसिडाडपनि आजको खेल जित्दै चौथो स्थानको सेभिल्लासँग अङ्क दुरि घटाउन चाहन्छ । हाल सोसिडाड २१ खेलमा ४१ अङ्कको साथ लिगको पाँचौ स्थानमा रहेको छ । दुई टोलीबिच भएको पछिल्लो २२ खेलमा १६ खेल म्याड्रिडले जितेको छ भने ४ खेल सोसिडाडले आफ्नो पोल्टामा पारेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु