Information is intelligence
HomeEntertainment & Artsपल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

- Advertisement -spot_img

अभिनेता पल शाह र मलिका महतको टाढा भए पनिले युटुबमा नयाँ रेकर्ड राखेको छ । यो गीतले युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज पाउँदै नयाँ रेकर्ड राखेको हो ।

अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको हो । नायक पल शाह र नायिका मलिका महत्तलाई दर्शकले रुचाएका छन् ।

नायक पल शाहले गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुशी व्यक्त गरे । यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु