Information is intelligence
HomeEconomyलगातार सर्किटकाे यात्रामा चन्द्रागिरी

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी

- Advertisement -spot_img

नेप्सेमा सूचीकृत भएर दाेश्राे बजारमा काराेबार हुन थालेपछि चन्द्रागिरी हिल्सकाे शेयरमूल्य लगातार बढिरहेकाे छ । कहिले ५ प्रतिशतले बृद्धि हुँदै अघि बढेकाे छ भने कहिले १० प्रतिशतले ने बढेर सकारात्मक सर्किट लाग्ने गरेकाे छ । आज साेमबार पनि चन्द्रागिरीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे शेयर मूल्य ९.९० प्रतिशतले बढेर ४५५ रूपैँया पुगेकाे छ ।

नेप्सेमा न्युनतम मूल्यमा काराेबार सुरू भएर उकालाे यात्रा तय गरिरहेकाे यस कम्पनीकाे शेयर मूल्य कतिसम्म जाला भनेर आम लगानीकर्ताहरूले चासाेका साथ हेरिरहेका छन् । दैनिक रूपमा माग धेरै हुँदा आपूर्ति कम भएकाे कारण याे कम्पनीकाे मूल्य बढ्दाे छ । यदी थाेरै नाफा हुँदैमा लगानीकर्ताहरूले बेच्न थाल्ने हाेभने यसकाे मूल्यमा ब्रेक लाग्छ ।

हाल नयाँ लगानीकर्ताहरूकाे अत्यधिक प्रवेश भएकाे कारणले पनि थाेरै नाफामा बिक्री गरिहाल्ने प्रवृत्ति देखिएकाे छ । जसकाे कारण चन्द्रागिरी हिल्सकाे शेयर मूल्यपनि थाेरै माथि पुगेर ब्रेक लागिहाल्ने हाे कि भन्ने चिन्ता लगानीकर्ताहरूमा रहेकाे छ।

वास्तविक बजारमा शेयर किनबेचले मात्र मूल्य निर्धारण हुने भन्ने हाेइन । तर नेपालमा पछिल्लाे समय भने याे प्रवृत्ति हाबी भएकाे देख्न सकिन्छ । त्यसकारण लगानीकर्ताहरूले धैर्य राखेमा अवश्य याे कम्पनीकाे मूल्य पनि माथी जानसक्ने देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु