Information is intelligence
HomePoliticsममाथि शारीरिक आक्रमण हुन सक्छ,मेरो ज्यान तल-माथि भएपनि अनौठो नमान्नुहोला:प्रधानमन्त्री ओली

ममाथि शारीरिक आक्रमण हुन सक्छ,मेरो ज्यान तल-माथि भएपनि अनौठो नमान्नुहोला:प्रधानमन्त्री ओली

- Advertisement -spot_img

प्रधानमन्त्री ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरेका छन्।

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताएका हुन् ।

‘सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यसो हुन दिइने छैन । हामी शतर्कता अपनाउनेछौं ।’

उनले आफू नरहे पनि पार्टीलाई र देशको भविष्यलाई तलमाथि हुन दिने बताए । देशको भविष्य र पार्टी तलमाथि पार्न दिन नहुने भन्दै उनले कार्यकर्तालाई प्रतिगामीविरुद्ध नझुक्न आग्रह गरे। यो तीन वर्षमा कति विकास भएको र कति फरक परेको जनताले थाहा पाएको उनको दाबी छ।  देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने उनको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु