Information is intelligence
HomeSportsटोटेनहम र लिभरपुल बिजयी

टोटेनहम र लिभरपुल बिजयी

- Advertisement -spot_img

इंग्लिश प्रिमियर लिग फुटबलमा गए राती भएको खेलमा टोटेनहम र लिभरपुल  जित निकालेका छन् ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे भने ह्यारी केन र लुकास मौराले एक-एक गोल थपे । खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता २–० को बनाए । ३१ औं मिनेटमा लुकासले गोल गरेपछि टोटेनहमले ३–० को अग्रता बनायो । त्यसपछि खेलको ५५ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४–० को जित दिलाए । जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित बर्नली २८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

त्यस्तै आइतबार रातिनै भएको अर्को खेलमा लिभरपुलले शेफिल्डलाई २-० ले पराजित गरेको छ ।

खेलको ४८औं मिनेटमा २० वर्षीय जोन्सले गोल गर्दै अग्रता दिलाएका थिए । जोन्सले प्रिमियर लिगमा गरेको यो दोस्रो गोल हो । ब्रायनले ६४औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

जितपछि २६ खेलबाट ४३ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा छ र चौथो स्थानको वेष्टहमसंग अंकदुरी २ मा झारेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु