Information is intelligence
HomeNewsनेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

- Advertisement -spot_img

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा अब शुल्क नलाग्ने भएको छ । टेलिकमले आफ्नो नेटवर्कबाट नागरिक एप प्रयोग गर्दा शुल्क नलाग्ने बनाएकाे छ।

नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । उक्त एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्‍याउने उद्देश्यका साथ सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो ।

टेलिकमले माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा आफ्नो नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको हो । तर, एनसेल र स्मार्ट टेलिकमले भने यस विषयमा हालसम्म कुनै जानकारी दिएका छैनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु