Information is intelligence
HomeEconomyमंगलबार सुनको मुल्यमा भारी गिरावट

मंगलबार सुनको मुल्यमा भारी गिरावट

- Advertisement -spot_img

काठमाडौं | नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ घटेको जानकारी दिएको हो।

हिजो सोमबार नेपालको स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार सात सय रुपैयाँ थियो।

आज १७ सयले घटेपछि छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार पाँच ५० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ।

जसअनुसार आज, चाँदीको प्रतितोला मूल्य एक हजार दुई ९० रुपैयाँ कायम छ। हिजो सोमबार यसको मूल्य एक हजार तीन सय ३० रुपैयाँ थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु