Information is intelligence
HomeSportsरियल मड्रिड बराबरीमा रोकियो

रियल मड्रिड बराबरीमा रोकियो

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गाेलको बराबरी खेलेको छ ।स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले सोसिडाडसँग एक एक गोलको बराबरी खेलेको हो ।

सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दै अग्रता दिलाएका थिए । हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु