Information is intelligence
HomeNewsताप्लेजुङमा भीषण आगलागी, ४० भन्दा बढी घर जलेर नष्ट

ताप्लेजुङमा भीषण आगलागी, ४० भन्दा बढी घर जलेर नष्ट

- Advertisement -spot_img

ताप्लेजुङ | ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा भीषण आगलागी भइरहेको छ ।

मंगलबार बिहान ९ बजेतिर बजारको एक घरबाट सल्किएको आगोले बजारका ४०देखि ५० घर जलेर नष्ट भईसकेको छ भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन । कपडा पसल भएको एक घरमा बिजुली सर्टबाट सुरु भएको आगलागीले बजारको आधा भाग जलाईसकेको छ ।

अहिले सदरमुकाम फुङलिङ बजारबाट दोभान पुगेको एकमात्र दमकलले आगो नियन्त्रण गरिरहेको छ । आगलागीले हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु