Information is intelligence
HomeSportsविराट कोहलीको नयाँ कीर्तिमान

विराट कोहलीको नयाँ कीर्तिमान

- Advertisement -spot_img

एजेन्सी | भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मैदानमा विश्व क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । कोहलीले मैदानसँगै बाहिर पनि अर्को कीर्तिमान कायम गरेका छन् ।

कोहली इन्स्टाग्राममा एक समय मिलियन फलोअर्स हुने पहिलो क्रिकेट खेलाडी बनेका छन् । कोहलीको इन्स्टाग्राममा सोमबार एक सय मिलियन फलोअर्स पुगेको हो । कोहली इन्टाग्राममा एक समय मिलियन फलोअर्स हुने पहिलो एसियाली सेलिब्रेटी समेत बनेका छन् ।

विराटपछि सर्वाधिक फलोअर्स एसियाली सेलिब्रेटीमा बलिउड अभिनेत्री प्रियंका चोपडा ६०.८ मिलियन फलोअर्स छन् । इन्स्टाग्राममा विश्वमा सर्वाधिक धेरै फलोअर्स युभेन्ट्समा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको छ । रोनाल्डोको २ सय ६६ मिलियन फलोअर्स छन् । दोस्रो स्थानमा अमेरिकन गायिका एरियाना ग्रान्डे छिन् । एरियानाको २ सय २४ मिलयन फलोअर्स छन् ।

तेस्रो स्थानमा पूर्व डब्लू डब्लू डब्लू सुपर स्टार ड्वेन जोहनसन २ सय २० मिलियन फलोअर्स छन् ।बार्सिलोना लिओनल मेस्सीको १ सय ८७ मिलियन र पेरिस सेन्ट जर्मेनका नेयमारको १ सय ४७ मिलियन फलोअर्स छन् ।

समग्रमा कोहली इन्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वका छैटौं सेलिबे्रटी हुन् । विराटको फेसबुकमा ३६ मिलियन र ट्वीटरमा ४०.८ मिलियन फलोअर्स छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु