Information is intelligence
HomeEconomyआज शेयर बजारमा भारी अंकको गिरावट,६ अर्बको कारोबार

आज शेयर बजारमा भारी अंकको गिरावट,६ अर्बको कारोबार

- Advertisement -spot_img

कारोबारको तेस्रो दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ ।

कारोबारको सुरुवातमा झिनो अंकले बढे पनि केही समयबाटै ओरोलो यात्रा तय गरेको नेप्से अन्तय सम्म आइपुग्दा ५९.७७ अंकले घटेर २४ सय ५५.२६ को विन्दुमा पुगेको हो । आज कारोबारमा आएका कम्पनीहरु मध्य १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य बढेको छ ।

त्यस्तै, आज नेप्सेमा १ करोड ३१ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै एशियन लाइफको २८ करोड र निफ्राको २५ करोड रुपैयाँको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु