Information is intelligence
HomeEconomyब्याजदर र शेयर बजारकाे सम्बन्ध यसरी जान्नुहाेस

ब्याजदर र शेयर बजारकाे सम्बन्ध यसरी जान्नुहाेस

- Advertisement -spot_img

नेपाल राष्ट्र बैंकले केही समयअघि सबै बैंकहरूकाे ब्याजदर घटाएपछि शेयर बजार उत्साह छाएकाे थियाे । तर , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा निराशा छाएकाे थियाे । जुन लामाे समय भने टिकेन । त्यस्तै केही समयअघि विभिन्न बैंकहरूले कम ब्याजदरमा शेयर धिताे राखेर लाेन दिने भएपछि पनि शेयर बजारमा उत्साह छाएकाे थियाे ।

नेपालकाे शेयर बजार घटबढ हुने प्रमुख कारणमध्ये बैंकहरूले दिने ब्याजदर पर्दछ । किन त ? किन बैंकहरूले दिने ब्याजदरले शेयर बजार प्रभावित हुन्छ ? कतिपय नयाँ लगानीकर्ताहरूमा याे जिज्ञासा रहेकाे पाइन्छ । आज हामी साेही जिज्ञासालाई समाधान गर्ने प्रयास गर्नेछाैँ ।

साधारणतया ब्याजदर र शेयर बजारकाे सम्बन्ध उल्टाे देखिने गर्छ । जस्तैः ब्याजदर बढेकाे बेला शेयर बजार घट्ने गर्छ भने ब्याजदर घटेकाे बेला शेयर बजार बढ्ने गर्छ । किन त ?

ब्याजदर बढेकाे बेला शेयर बजार घट्ने कारणहरू

  • सबैभन्दा प्रमुख कारण लगानीकर्ताहरूकाे मनाेवृत्ति हाे । बैंकहरूमा ब्याजदर बढेकाे बेला जाेखिमयुक्त शेयर बजारभन्दा बिना जाेखिमकाे बैंकमा पैसा जम्मा गर्ने गरिन्छ ।  जसकाे कारण शेयर बजारमा शेयरकाे माग कम भइ बजार खुम्चिने गर्छ ।
  • शेयर लाेन लिँदा लगानीकर्ताहरूले धेरै ब्याज लिनुपर्ने भएकाले लिँदैनन् र शेयर बजारमा लगानी कम हुन जान्छ । जसकाे कारण बजार उकालाे लाग्न सक्दैन ।
  • अर्काे कारण भनेकाे शेयर बजारमा सूचीकृत कम्पनीहरूले विभिन्न कर्जाहरू लिएका हुन्छन् । ब्याजदर बढेकाे बेला कम्पनीहरूले तिर्नपर्ने कर्जाकाे ब्याजदर पनि बढी भएकाे हुन्छ । यस्ताे अवस्थामा कम्पनीले धेरै नाफा कमाउन सक्दैन । जसकाे फलस्वरूप उक्त कम्पनीकाे शेयरमा लगानीकर्ताहरूकाे आकर्षण हुँदैन र माग कम हुन जान्छ र स्वतः शेयर बजार नै घट्न थाल्छ ।

ब्याजदर घटेकाे बेला शेयर बजार बढ्ने कारणहरू

  • लगानीकर्ताहरू बैंकमा ब्याजदर घट्ने बित्तिकै त्यहाँ माैज्दात रहेकाे पैसा लिएर शेयर बजारमा प्रवेश गर्छन् र भटाभट कम्पनीहरू छान्न थाल्छन्। जसकाे कारण शेयर बजारमा शेयरकाे माग बढ्छ र बजार पनि क्रमशः माथी जान थाल्छ ।
  • लगानीकर्ताहरूले शेयर लाेन कम ब्याजदरमा पाउँछन् । जुन पैसा शेयर बजारमा आउँछ  बजार स्वतः उकालाे लाग्न थाल्छ ।
  • सूचीकृत कम्पनीहरूले लिएकाे कर्जाकाे ब्याजदर कम हुनेबित्तिकै नाफाकाे मात्रा बढ्छ र लगानीकर्ताहरूलाइ धेरै बाेनस बाँड्न सक्छ । जसकाे कारण कम्पनीकाे शेयर मूल्य पनि बढ्न जान्छ । त्यसकाे प्रत्यक्ष असर समग्र बजारलाइ नै पर्न जान्छ र बजार उकालाे लाग्न थाल्छ ।

समग्रमा शेयर बजारकाे सामान्य सिद्दान्तलाइ मान्ने हाेभने बजार तलमाथी गर्न सक्ने क्षमता बैंकहरूले प्रवाह गर्ने ब्याजदरमा रहेकाे हुन्छ । त्यसैले हाल बैंकहरूले दिने गरेकाे ब्याजकाे दर मात्र पनि राम्ररी अध्ययन गर्न सकेमा नेपालकाे शेयर बजारकाे सामान्य भविष्यलाइ कल्पना गर्न सकिन्छ । लगानीकर्ताहरू निराश हुनुपर्दैन ।

थप सामाग्री पढ्नुहाेस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु