Information is intelligence
HomeEconomy३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

- Advertisement -spot_img

साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३९.२३ अंकले ओरालो लागेको छ ।

हिजोदेखि ओरालोको यात्रातय गरेको नेप्से बुधबार पनि कारोबारको अन्तिम समयसम्म पनि उकालो लाग्न सकेन् । परिसुचक १.६० प्रतिशतले ओरालो लागेर २४१६ को बिन्दुमा पुगेको छ ।

आज सेन्सेटिभले अन्तिम समयसम्म नै ओरालोको यात्रा तय गर्दैै ७.१२ अंकले घटेर ४३६.८० को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ ।

कारोबारमा रहेका १३ उपसमुहमध्ये दुई उपसमुह भने अन्तिम समयसम्म आउँदा पनि हरियोमा नै कायम रहेका छन् । व्यापार समुह ३०६.५४ अंकले बण्ेर ३६१७.२१ को बिन्दुमा पुगेको छ भने होटेल समुह ३५.१७ अंकले बढेर २१६९.८१ को बिन्दुमा पुगेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका २१२ कम्पनीमध्ये २९ कम्पनीको शेयरमुल्य बढेको छ भने १३९ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

अन्तिम समयसम्म १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६३ हजार ६७४ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५४ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नेपाल टेलिकमले २९ करोड ९७ लाख ६ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु