Information is intelligence
HomeEconomy१० कित्ते नीति पुनरावलाेकनमा लगानीकर्ताहरू असन्तुष्ट

१० कित्ते नीति पुनरावलाेकनमा लगानीकर्ताहरू असन्तुष्ट

- Advertisement -spot_img

नेपाल धिताेपत्र बाेर्डले आइपिओमा १० कित्ते नीतिलाई पुनरावलाेकन गर्न छलफल अघि बढाउने कुरा बाहिरिएसँगै आम लगानीकर्ताले भने यसमा असन्तुष्टि व्यक्त गरेका छन् ।

धितोपत्र बोर्डले विद्यार्थी, गृहिणी तथा स–साना पुँजी भएका वर्गको पुँजी बजारमा पहुँच बढाउने उद्देश्यले  २०७५ चैत २७ गतेदेखि यो व्यवस्था लागू गरेको थियो । तर, हाल ठूला लगानीकर्ताहरूकाे प्रभावमा याे नीति परिवर्तन गर्न खाेजेकाे भन्दै साना तथा नयाँ लगानीकर्ताहरूले सामाजिक सञ्जालमार्फत आक्राेश व्यक्त गर्न थालेका छन् ।

याे नीति परिवर्तन गरेमा धिताेपत्र बाेर्डकाे एक नेपाली एक डिम्याट खाताकाे लक्ष्य कहिल्यै पूरा नहुने पनि लगानीकर्ताहरूकाे भनाइ छ । बजारकाे पहुँच ग्रामीण भेगसम्म पुर्याउने दूरदर्शीता १० कित्ते नीतिमा नै रहेकाे उनीहरूकाे ठम्याइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु