Information is intelligence
HomeEconomyTMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?

- Advertisement -spot_img

हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथा विद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबार गरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगानीकर्ताहरूलाइ अनलाइनबाट शेयर काराेबार गर्न असहज महसुस पनि भैरहेकाे छ । मार्केटकाे ग्राफ तथा कम्पनीकाे चार्ट लगायतका सुविधा उपयाेग गर्न नआकाले पनि उनीहरू काराेबार गर्न असहज महसुस गरिरहेका छन् । याे लेखमार्फत उक्त समस्या समाधान गर्ने प्रयास हामीले गरेकाे छाैँ ।

TMS के हाे ? कसरी खाेल्ने ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन काराेबार गर्न सहज हुने उद्देश्यले कार्यान्यवनमा ल्याएकाे Trade Management System अर्थात टिएमएस एक ट्रेडिङ सिस्टम हाे ।  जसमार्फत तपाइँले शेयर काराेबार गर्न सक्नुहुन्छ । यसमा आबद्ध भएका ब्राेकर अफिसहरूकाे आफ्नै वेवसाइट छ । जसमा तपाइँले अकाउन्ट खाेलेर लगइन गर्न सक्नुहुन्छ ।

TMS कसरी चलाउने ?
तपाइँले TMS कुन प्रयाेजनका लागि चलाउने हाे त्यसका आधारमा गाइडलाइन बनाउन सजिलाे हुन्छ । हामी यहाँ TMS बाट शेयर बेच्न र किन्न तथा मार्केटकाे ग्राफ हेर्न सिकाउने छाैँ ।

सर्वप्रथम तपाइँले खाता खाेल्नुभएकाे ब्राेकरकाे TMS वेवसाइटमा गएर लगइन गर्नुपर्ने हुन्छ । त्यहाँ तपाइँले युजरनेम , पासवर्ड र क्याप्चा भरिसकेपछि लगइन बटनमा क्लिक गरेर अघिल्लाे मेन्युमा प्रवेश गर्न सक्नुहुन्छ । जुन यस्ताे हुनेछ

माथीकाे चित्रमा देखिएकाे मेन्युकाे बायाँपटि तपाइँलाइ आवश्यक पर्ने मेन्युहरू दिइएकाे छ । यदि तपाइँ शेयर किनबेच गर्न चाहनुहुन्छ भने तपाइँले अर्डर म्यानेजमेन्टमा क्लिक गर्नुपर्ने हुन्छ । जसमा तल दिइएकाे जस्ताे मेन्यु खुल्ने छ

यसमा तपाइँले बाइ/सेलमा क्लिक गर्नुपर्ने हुन्छ । जसमा यस्ताे मेन्यु देखा पर्नेछ

तपाइँले किन्ने भए मेन्युकाे दायाँ भागकाे माथीपट्टी रहेका सेल एण्ड बाइ अप्सनकाे बाइ अप्सनमा क्लिक गर्ने , बेच्ने भए सेल अप्सनमा क्लिक गर्ने । त्यसपछि तल कम्पनीकाे नाम (काेड भएपनि हुन्छ ) , कति कित्त किनबेच गर्ने ?  , कति पैसामा काराेबार गर्ने भन्ने ठाउँमा सबै भरिसकेपछि सम्बिट गर्नुपर्ने हुन्छ र उक्त काराेबार मेल नखाएसम्म पर्खिनुपर्ने (सम्बिट गरेर बाहिर गएपनि हुन्छ ) हुन्छ।

मार्केट ग्राफ कसरी हेर्ने ?
लग इन गरेपछि देखिने मेन्युमा देखिएकाे अप्सनकाे ग्राफ अप्सनमा क्लिक गरेपछि खुल्ने मेन्युमा ग्राफ अप्सनमा नै क्लिक गरेपछि अर्काे मेन्यु खुल्छ । जसमा कम्पनी र ग्राफकाे प्रकार सेलेक्ट गरेर ग्राफ हेर्न सकिन्छ ।

थप सामाग्री पढ्नुहाेस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु