Information is intelligence
HomeInternationalताजमहलमा बम राखेको खबर झुटो

ताजमहलमा बम राखेको खबर झुटो

- Advertisement -spot_img

भारतको अग्रास्थित ताजमहलमा अज्ञात समूहले  बम राखेको खबर झुटो भएको प्रहरीले जनाएको छ। एक व्यक्तिले फोनमार्फत् ताजमहलमा बम राखेको भन्दै धम्की दिएका थिए।

फोन गरेलगत्तै प्रहरीले ताजमहलमा घुम्न आएका पर्यटकहरुलाई बाहिर निकाली ‘सर्च अपरेशन’ सुरु गरेको थियो। तर कतै पनि बम नभेटिएको प्रहरीले जनाएको छ।

अज्ञात व्यक्तिले भारतको ११२ नम्बरमा कल गरेर सूचना दिएका थिए। सूचना फिरोजावादबाट आएको र कल गर्नेको पहिचानसमेत खुलिसकेको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको बताइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु