Information is intelligence
HomeEconomyदुईवटा कम्पनीकाे मात्र मूल्य घट्दा ६ अर्बभन्दा बढीकाे काराेबार

दुईवटा कम्पनीकाे मात्र मूल्य घट्दा ६ अर्बभन्दा बढीकाे काराेबार

- Advertisement -spot_img

शेयर बजारमा आज पुनः हरियाली छाएकाे छ। काराेबार भएका कम्पनीमध्ये २ वटा कम्पनीकाे मात्र मूल्य घटेकाे छ भने १७३ वटा कम्पनीकाे मूल्य बढेकाे छ ।

केहीदिनयता लगातार बजार घटेकाले लगानीकर्ताहरूमा अन्याेलता भने देखिएकाे छ। पछिल्ला दिनहरूमा १० अर्बसम्म काराेबार हुने गरेकामा आज ६ अर्ब ५ कराेडभन्दा बढीकाे काराेबार भएकाे छ।

समग्रमा नेप्से आज ९०.६७ अंकले बृद्धि भइ पुनः २५०० काे विन्दु पार गर्न सफल भएकाे छ । आज नेप्से २५०६.६८ विन्दुमा पुगेर बजार बन्द भएकाे छ ।

आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ५३ कराेड २३ लाखभन्दा बढीकाे काराेबार भएकाे छ भने दाेश्राेमा शिखर इन्स्याेरेन्सकाे २४ कराेड ४४ लाखभन्दा बढीकाे काराेबार भएकाे छ ।

त्यस्तै आज नेप्सेमा दुइवटा कम्पनीकाे मात्र शेयर मूल्य घटेकाे छ । जसमा एभरेस्ट इन्स्याेरेन्स काेअपरेटिभ र युनिलिभर नेपाल लिमिटेड रहेका छन् । एभरेस्ट इन्स्याेरेन्सकाे १.५० प्रतिशत मूल्य घटेकाे छ भने युनिलिभर नेपालकाे ०.०३ प्रतिशत मूल्य घटेकाे छ ।

सरकार र विप्लव समूहसँगकाे वार्ता सकारात्मक भएकाे खबर बाहिरिएसँगै शेयर बजारमा आज त्यसकाे सकारात्मक प्रभाव परेकाे देखिएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु