Information is intelligence
HomeEconomyनागरिक लगानी काेषकाे लिलामी शेयर बिक्री खुल्याे , यसरी दिनुहाेस आवेदन

नागरिक लगानी काेषकाे लिलामी शेयर बिक्री खुल्याे , यसरी दिनुहाेस आवेदन

- Advertisement -spot_img

नागरिक लगानी काेषले सर्वसाधारणका लागि लिलामी शेयर बिक्रीमा ल्याएकाे छ । काेषले आजदेखि चैत २ गतेसम्म आवेदन दिन पाउने गरी शेयर बिक्रीमा ल्याएकाे हाे । काेषकाे ३ लाख ५४ हजार १५० कित्ता शेयर बिक्री खुला गरिएकाे हाे । काेषकाे शेयरमा न्युनतम १०० रूपैँया प्रतिकित्ता र अधिकतम जतिपनि मूल्य राखेर न्युनतम १० कित्ताकाे लागि आवेदन दिन पाइन्छ ।

यसमा आवेदन दिनका लागि विभिन्न स्थानहरूबाट फारम भर्नुपर्ने हुन्छ । ती ठाउँहरूमा आर बि बि मर्चेन्ट बैंक टेकु , आरबिबि बै‌ंकका शाखा कार्यालयहरु विरजञ्ज , जनकपुर , नारायणगढ,बागलुङ , बुटवल , नेपालगञ्ज , वीरेन्द्रनगर , धनगढी , विर्तामाेड ,हेटौंडा , तुल्सीपुर ,महेन्द्रनगर र कञ्चनपुर रहेका छन् । त्यस्तै नागरिक लगानी काेष नयाँ बानेश्वर , विराटनगर र पाेखरा शाखाबाट पनि फारम पाउन सकिन्छ

कसरी दिने आवेदन ?

फारम पाउने स्थानबाट फारम भरी न्युनतम १०० रूपैँया प्रतिकित्ता तथा जति कित्ताका लागि जति रूपैँया प्रतिकित्तामा आवेदन दिन खाेज्नुभएकाे रकम इस्यु म्यानेजरकाे अकाउन्टमा जम्मा गर्नुपर्ने हुन्छ । अन्यथा गुड फर पेमेन्ट चेक बनाइ खाममा फारम र चेक राखि शिलबन्दी गराइ सम्बन्धित शाखामा बुझाउनु पर्छ । यदी तपाइँसँग गुड फर पेमेन्ट चेक छैन भने तपाइँकाे खाता भएकाे बैंकमा गएर उक्त चेक बनाउन लगाइ शिलबन्दी गरेर पठाउनु पर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु