Information is intelligence
HomeEconomyसमस्या झेल्दै आवेदक , खुल्दैन मेराेशेयर

समस्या झेल्दै आवेदक , खुल्दैन मेराेशेयर

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ खुलेसँगै आवेदकहरूकाे चापका कारण मेराेशेयरकाे वेवसाइटकाे सर्भर डाउन भएकाे छ। एकैचाेटी धेरै आवेदकहरूले लग इन गरेका कारण यस्ताे समस्या भएकाे हाे ।

बारम्बार समस्या देखिएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यसकाे स्तराेन्नति गरेकाे छैन । सँधैजसाे आइपिओ खुलेकाे बेला यसकाे सर्भर डाउन हुनाले लगानीकर्ताहरू निराश भएका छन् । गुनासाे गर्दा काम भैरहेकाे बताउने सिडिएसले काम भने फत्ते गर्न सकेकाे छैन ।

पछिल्लाे समय लगानीकर्ताहरूकाे बृद्धि भएसँगै मेराेशेयरकाे अर्काे वेभसाइट लन्च गरी आइपिओकाे रिजल्ट हेर्न मिल्ने सिस्टम तयार पारेकाे छ । यद्यपि मेराेशेयरकाे स्तराेन्नतिमा भने खासै लगानी नगरेकाे देखिएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु