Information is intelligence
HomePoliticsके छ नेपाल सरकार र विप्लव पक्षबीच भएकाे सहमतिपत्रमा ?

के छ नेपाल सरकार र विप्लव पक्षबीच भएकाे सहमतिपत्रमा ?

- Advertisement -spot_img

नेपाल सरकार र विप्लव समूहबीच भर्खरै तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएकाे छ । नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादर र राजन भट्टराइले हस्ताक्षर गरेका छन् भने विप्लव पक्षबाट प्रकाण्ड र दीपकले हस्ताक्षर गरेका छन्।

सहमतिपत्रमा तीन वटा बुँदा रहेका छन् जसमा

१. दुवै पक्ष देशका राजनीतिक तथा अन्य मुद्दा वार्ता र संवादका माध्यमले समाधान गर्न सहमत भएका छन् ।

२. नेपाल कम्युनिष्ट पार्टीले अब सबै क्रियाकलाप शान्तिपूर्ण ढंगले गर्न सहमत भएकाे छ ।

३. नेपाल सरकार विप्लप पक्षलाइ प्रतिबन्धबाट हटाउन सहमत भएकाे छ । साथै उक्त पार्टीका पक्राउ परेका सबै कार्यकर्ताहरूलाइ रिहाइ गरी पार्टीलाइ लागेका सबै मुद्दाहरू खारेज गर्न सहमत भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु