Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८५ हजार १ सय ९० पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु