Information is intelligence
HomeEconomyमेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

- Advertisement -spot_img

आजकल हप्तैपिच्छेजस्ताे आइपिओ खुलिरहेकाे छ । लगानीकर्ताहरू पनि प्रत्येक आइपिओमा उत्तिकै चाख लिइरहेका देखिन्छन् । पछिल्लाे समय आइपिओ भर्नका लागि बैंकमा लाइन लाग्न नपर्ने तथा माेबाइलबाट नै आइपिओ भर्न मिल्ने भएपछि लगानीकर्ताहरू खुशी देखिन्छन् ।

सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले आइपिओ भर्नका लागि मेराेशेयर वेभसाइट तथा माेबाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याएकाे छ । डिम्याट खाता खाेलिसकेपछि डिम्याटलाइ मेराेशेयरमा कनेक्ट गर्नुपर्छ जसकाे लागि सम्बन्धित क्यापिटल तथा बैंकमा गएर मेराे शेयरकाे फारम भरेपछि इमेलमा युजरनेम र पासवर्ड आउँछ । जसबाट मेराेशेयर लगइन गरी आइपिओ भर्न सकिन्छ ।

मेराे शेयरमा लगइन गर्दा तपाइँले १०० चाेटीसम्म गलत पासवर्ड हाल्न पाउनुहुन्छ । त्यसपछि भने तपाइँकाे अकाउन्ट ब्लक हुन्छ । त्यसपछि अथवा मेराे शेयरकाे पासवर्ड बिर्सेमा कसरी रिसेट गर्ने ?

मेराे शेयरकाे पासवर्ड बिर्सेमा तपाइँले जहाँ तपाइँले मेराे शेयरकाे अकाउन्ट खाेल्नुभएकाे हाे त्यहाँ अथवा जुन क्यापिटलमा तपाइँले डिम्याट अकाउन्ट खाेल्नु भएकाे त्यहाँ जानुपर्ने हुन्छ। त्यहाँ गएर मेराे शेयरकाे पासवर्ड रिसेट गर्ने फारम भरी बुझाउनुपर्ने हुन्छ । त्यसका लागि कुनै शुल्क लाग्दैन ।

फारम भरेर बुझाइसकेपछि तपाइँकाे इमेलमा नयाँ इमेल आउँछ जसमा पासवर्ड रिसेट गर्ने लिङ्क दिइएकाे हुन्छ । त्यसमा क्लिक गरेर तपाइँले मेराेशेयरकाे नयाँ पासवर्ड राख्न सक्नुहुन्छ ।

अब केही  दिनमा सिडिएससिले मेराे शेयरमा नै फरगट पासवर्डकाे अप्सन पनि ल्याउने तयारी गरिरहेकाे जनाएकाे छ । त्यसपछि भने लगानीकर्ता याे झन्झटबाट मुक्त हुनेछन् ।

थप सामाग्री पढ्नुहाेस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु