Information is intelligence
HomeCulture & Religionचाेरि भएर अमेरिका पुगेकाे मूर्ति नेपालले पायाे

चाेरि भएर अमेरिका पुगेकाे मूर्ति नेपालले पायाे

- Advertisement -spot_img

सन् १९८४ मा नेपालबाट चाेरी गरी अबैध रूपमा अमेरिका लगि प्रदर्शनमा राखिएकाे मूर्ति अमेरिकाले नेपाल सरकारलाइ हस्तान्तरण गरेकाे छ ।

अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) उपसहायक निर्देशक टिमोथी एन ड्युनह्यामले राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

वासिङ्टनस्थित नेपाली दुतावासमा आयोजित समारोहमा मूर्ति हस्तान्तरण गरिएको हो । दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो। त्यसलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा गरेर राखिएको थियो।

केही समयअघि नेपालकाे मूर्ति अमेरिकामा प्रदर्शन भनि सञ्चारमाध्यमहरूका समाचार प्रशारण भएपछि त्यसतर्फ सरकारकाे ध्यानाकर्षण भएकाे थियाे । अब दूतावासबाट अन्य प्रकृया पुरा गरी उक्त मूर्ति नेपाल ल्याइने दूतावासले जनाएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु