Information is intelligence
HomeNewsविप्लवकाे जनमत संग्रहकाे प्रस्ताव वैद्यद्वारा अस्वीकार

विप्लवकाे जनमत संग्रहकाे प्रस्ताव वैद्यद्वारा अस्वीकार

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टी (माओवादी )का महासचिव माेहन वैद्य किरणलाइ राखेकाे जनमत संग्रहकाे प्रस्ताव वैद्यले अस्वीकार गरेका छन् ।

शनिबार ललितपुरकाे कुपण्डाेलमा बसेकाे  चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्। प्रस्ताव वैद्यले ठाडै अस्वीकार गरेका थिए ।

विप्लवले दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाका बीचमा जनमत संग्रह गराैँ भनेर प्रस्ताव गरेकाेमा वैद्यले अहिले यस्ता कुनैपनि विषय लिएर जनमत संग्रहमा जान नहुने भन्दै अस्वीकार गरेका हुन् ।

वैद्यले त्यस्ता विषयमा जनमत संग्रह गर्नु सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रुपमा पनि ठिक हुदैन । त्यतातिर लाग्नु उचित होइन भन्दै विप्लवकाे प्रस्ताव अस्वीकार गरेका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु