Information is intelligence
HomePoliticsप्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

- Advertisement -spot_img

आठ महिनापछि आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ । गत असार ९ गते बसेकाे प्रतिनिधिसभाकाे बैठक त्यसपछि बस्न सकेकाे छैन । प्रधानमन्त्रीले चल्दै गरेका अधिवेशन अकस्मात अन्त्य गरेपछि त्यतिबेला बैठक अन्त्य भएकाे थियाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे प्रतिनिधिसभा विघटन सर्वाेच्च अदालतबाट बदर भएपश्चात राष्ट्रपतिले फागुन १७ गते संविधानकाे धारा ९३ काे उपधारा (१) बमाेजिम फागुन २३ गते संसद अधिवेशन आह्वान गरेपछि आज बैठक बस्न लागेकाे हाे ।

बैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु