Information is intelligence
HomeNewsबागमती र प्रदेश १ का यी ठाउँमा आज ८ घण्टासम्म बत्ती जाने

बागमती र प्रदेश १ का यी ठाउँमा आज ८ घण्टासम्म बत्ती जाने

- Advertisement -spot_img

वाग्मती प्रदेश र प्रदेश-१ का विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ ।

वाग्मती प्रदेशको धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज ६ घण्टा बत्ती जाने भएको हो । यी क्षेत्रहरुमा बिजुलीको लाइन मर्मत गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै प्रदेश १ को इटहरी वितरण केन्द्रको उद्योग लविपुर फिडर र एनटीसी फिडरअन्तर्गतका क्षेत्रहरुमा पनि आज ८ घण्टा बत्ती जाँदैछ । उद्योग लविपुर र एनटीसी फिडरअन्तर्गत बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म बत्ती जाने भएको प्राधिकरणले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु