Information is intelligence
HomeSportsला लिगामा बार्सिलोनाको जित, एट्लेटिको भन्दा २ अंकले मात्र पछि

ला लिगामा बार्सिलोनाको जित, एट्लेटिको भन्दा २ अंकले मात्र पछि

- Advertisement -spot_img

एजेन्सी | स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी घटाएको छ ।

बार्सिलोनाले २६ खेलमा ५६ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोना एट्लेटिको भन्दा २ अंकले पछि रहेको छ ।

एट्लेटिकोको ५८ अंक रहेको छ । ओसासुना २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु