Information is intelligence
HomeEntertainment & Artsम नेता – अनि ‘मेरो’ परिवर्तन

म नेता – अनि ‘मेरो’ परिवर्तन

- Advertisement -spot_img

म नेता, म उ जमानाको नेता हैन, भर्खरै ६०-७५ जतिसम्मको युवा नेता हुँ । मलाई सत्ता, पावर र कुर्सि अँगालेर सुत्ने बानी परेको छ । अँह….अँह!! झुक्किनु भयो होला हैन् ? राणाकालमा पुर्यायो यो बुद्धिजीबीले भनेर। गलत… म त त्यो गणतन्त्र ल्याउने नेता हुँ । सहि नै सुन्नुभाको हो, हो म त्यही महान नेता हुँ ।

मैले गर्दा नै हो अहिले तँ….पाईहरुले बोल्न उही हो नपाएनी मैले खान भने ढुक्क पाएको छु । चिन्नु भयो…? जनतालाई भेडा र बक्रा बनाको केहि कुरामा त काम लगाउनु पर्यो नि हैन त ? (जनता: होहोहो सहि ताली(हाहाहा) ) देख्नुभो त ?

परिवर्तनको लागि त्यत्रो आन्दोलन गर्ने र सोझा जनता घुमाउने मै त हुँ नि । आखिर मैले परिवर्तन ल्याएरै छोडेँ । पहिला अरुले खान्थे अहिले मैले खान्छु, यो भन्दा ठुलो परिवोर्तन के चाहियो यी भेडेहरुलाई । मासुभात खान पाएका छन्, बेला बेला पेट्रोल पाएका छन्, यो सब परिवर्तनको नतिजा त होनी । देशमा अस्थिरता निम्त्याएर हरेक पल परिवर्तन ल्याएर देशलाई अन्धकारमा धकेल्ने। हाहाहा. म नै हो । भष्मासुर भनेर झुक्किनु होला, म त यो हाल परिवर्तनको मुख्य नायक हुँ  ।

महाकाली जस्ता खोलानाला कहाँ गए भनेर सोच्नुभाको होला हैन, परिवर्तन चाहिएन? हामीसँगै रहिरह्यो भने कँहाबाट मैले खोज्या परिवर्तन पाहियो त भन्या । खै बुझ्या ! कुरो यसो मिलाएर बुझ्नुन । बुज्नु भएन भने नसोध्नु म भन्दिनँ, जबर्जस्ती गर्न पाइन्छ ?

काम गरेर जनतालाई खुशी दिन त उही हो अलिअली उखान टुक्का हानेर भएपनि जनतालाई हसाउनु पनि एक महान उपलब्धि हो । एक दुइ उखान टुक्का पेल्दिएपछि जनता मक्ख यता म ढुक्क ।   सजिलो छ नि ! संविधान मिच्ने पनि मै हो, सधै संविधान मानिरख्यो भने परिवोर्तन खै ? परिवर्तन चाइएन त, नयाँ युग भनेको येही हो । कमेडी सो चलाइरहेको छ सोच्नु होला, मैले त देश चलाइराखेको छु ।

आफ्नो अस्तित्व मेट्न लाउने म नै हुँ, आफ्नो धर्म संस्कृति मास्ने आँट गर्ने पनि म नै हो । हो, सहि चिन्नु भयाे म त्यही महान कामी नेता नै हुँ र अहिले आएर मलाई कामी हुनुमा बडाे गर्व छ । हजुरहरु नि जे हुनुहुन्छ त्याग्नुस र कामी हुनुस्। अनि गर्व गर्न थाल्नुस । गवार भनेर झुक्किनु होला म त्यही पढेलेखेको बुद्धि भएको नेता हुँ ।

म नै हो जसले ‘नेता’ नामक एक भारी र गौरवशाली वजनदार तत्वको परिभाषा नै बदलीदिएँ । मलाई गर्व छ यसको परिभाषा मैले मेरै पालामा बदलीदिएँ । परिवर्तन हामीले ठाउँठाउँमा गरेका छौँ। खै देखेको?  हाम्रो रगतमा परिवर्तन दौडिरहेको छ हामी परिवर्तनको लागि हरदम लड्छौँ। भएन भने सडकमा आउन पनि पछि हट्दैनौँ । के परिवर्तन ? यत्रो भनिसकेपछि भन्न जरुरि छ जस्तो लाग्दैन मलाई। हामीले खोजेको परिवर्तन पाहिँहाल्यौ जनताले खोज्या परिवर्तन हाम्रै युवा भाषामा भन्नु पर्दा ‘बाल’, धन्यवाद!!!

लेखक दरबार टाइम्सका पत्रकार समेत हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु