Information is intelligence
HomePoliticsसंसद् बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री ओली

संसद् बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन्। सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दिएपछि  समयमै संसद बैठक सुरु हुन नसक्दा ओली बैठकस्थलबाट बाहिरिएका हुन्।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र सर्वोच्च‍ अदालतले पुन:स्थापित गरेपछि पहिलोपटक संसद् बैठक बस्न लागेको हो। ओलीले गरेको संसद् विघटन सर्वोच्चले बदर गरेपछि आज बैठक बस्दैछ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, सरकारले ल्याएको विभिन्न अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ।

४ बजेको लागि बोलाइएको बैठक अहिलेसम्म  सुरु हुन सकेको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु