Information is intelligence
HomeNewsअप्रिलिया एस एक्स आर नेपाली बजारमा

अप्रिलिया एस एक्स आर नेपाली बजारमा

- Advertisement -spot_img

पियाजियाे कम्पनीकाे स्कुटर अप्रिलियाकाे नयाँ संस्करण एस एक्स् आर १६० आजदेखि नेपाली बजारमा सार्वजनिक भएकाे छ ।

आज हाेटल म्यारिओटमा एक कार्यक्रम गर्दै माेति दुगड ग्रुप र पियाजियाे कम्पनीले संयुक्त रूपमा उक्त स्कुटर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा पियाजियाे कम्पनीका बरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले स्कुटरकाे फिचरहरूका बारेमा बाेलेका थिए । उनका अनुसार अप्रिलिया एस एक्स आर १६० एकल सिलिण्डर , ४ स्ट्राेक , एयर कुल्ड , ३ भल्भ फिउल इन्जेक्सन , कम कार्वन इमिसन इन्जिन टेक्नाेलाेजी लगाइएकाे छ । जसले ७१०० आर पि एम मा ११ पीएसकाे पीक पावर उत्पादन गर्छ । यसमा ७ लिटरकाे ट्यांकी रहेकाे छ ।

अन्य फिचर्सहरूमा एलइडी टेक्नाेलाेजी ट्वीन्स क्रिस्टल हेडलाइट र आइलाइन पाेजिसन लाइटकाे साथ मर्ज भएकाे फ्रन्ट इन्डिकेटर ब्लिन्कर्स प्रयाेग गरिएकाे छ।

नेपाली बजारमा यसकाे मूल्य ४ लाख ९ हजार रूपैँया रहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु