Information is intelligence
HomeInternationalमङ्गल ग्रहबाट पठाइएका मनमाेहक तस्बीरहरू

मङ्गल ग्रहबाट पठाइएका मनमाेहक तस्बीरहरू

- Advertisement -spot_img

नासाको पर्सिभिअरन्स रोभर पृथ्वीबाट सात महिना यात्रा गरेर मङ्गल ग्रहमा १८ फेब्रुअरीका दिन जीएमटी २०:५५ मा अवतरण गरेको थियो।

त्यसयता अवतरण गरेको स्थान जेजेरो क्रेटरबाट उक्त रोभरले कैयौँ अद्‌भुत तस्बिरहरू पठाएको छ।

विगतमा मङ्गल ग्रहमा रहेको ठानिएको सूक्ष्मजीवाणुको जीवाशेष खोजी गर्ने क्रममा पर्सिभिअरन्सले पठाएका तस्बिरबाट छानिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ जसले मङ्गल ग्रहको भूगर्भ, पूर्वमौसम र मङ्गल ग्रहको चट्टान देखाउँछन्।

रोभर अवतरण गर्नु अन्तिम समयतिर रोभरले फ्याँकेको हावाले उडाएको धुलो।

अवतरणका लागि तल झर्दै गर्दा देखिएको जेजेरो क्रेटर। यो तस्बिरको मध्य बायाँतर्फ अवतरण गरेको थियो। दायाँतर्फ भएको उठेको भाग प्राचीन समयमा बग्दै आएको नदीले काटेको भूभाग मानिन्छ। यो ठाउँबाट रोभरले माटो र चट्टान निकालेर ट्यूबहरूमा भर्नेछ जुन भविष्यमा पृथ्वीमा ल्याउने योजना छ।
हार्बर सील’ नाम दिइएको चट्टान। हावाले खियाउँदै लगेको चट्टानको तस्बिरले क्यामेरा प्रणालीले कति मिहिन विवरण आउने गरी फोटो खिच्दो रहेछ भन्ने देखाउँछ।
नासाको रिकनियसन्स् अर्बिटरमा रहेको क्यामेराले खिचेको क्यामेराले खिचेको पर्सिभिअरन्स रोभरको पहिलो तस्बिर।

बिबिसी नेपाली

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु