Information is intelligence
HomeSportsबार्सिलोनाका नयाँ अध्यक्षमा लापोर्टा निर्वाचित, मेस्सी क्लबमा बस्ने सम्भावना बढ्यो

बार्सिलोनाका नयाँ अध्यक्षमा लापोर्टा निर्वाचित, मेस्सी क्लबमा बस्ने सम्भावना बढ्यो

- Advertisement -spot_img

एजेन्सी – जोआन लापोर्टाले दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका छन् । कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका उनले कुल मतको ५४ प्रतिशत प्राप्त गर्दै चुनाव जितेका हुन् ।

यसअघि २००३ देखि २०१० सम्म लापोर्टा क्लबको अध्यक्ष रहेका थिए । गत अक्टोबरमा जोसेप मारिया बार्टोमेउले राजिनामा दिएपछि क्लबमा अध्यक्ष पद रिक्त रहेको थियो । चुनावमा भिक्टर फन्ट ३० प्रतिशत मतसहित दोस्रो स्थानमा रहे भने टोनी फ्रेक्सिया तेस्रो बने ।

क्लबका अनुसार १ लाख ९ हजार मतदातामध्य ५५ हजार ६ सय जनाले मतदानमा सहभागिता जनाएका थिए । यसअघि क्लबको चुनाव जनवरीमा हुने भनिएपनि कोरोना संक्रमणका कारण सरेको थियो ।

लापोर्टाले आफ्नो पहिलो कार्यकालमा पेप गुआर्डीओलालाई प्रशिक्षक नियुक्त गरेका थिए । उनकै समयमा क्लबले ब्राजिलियन स्टार रोनाल्डिन्हो र क्यामरुनका फरवार्ड स्यामुएल एटोलाई अनुबन्ध गरेको थियो । त्यसबेला क्लबले २ च्याम्पियन्स लिग र ४-४ पटक लिग उपाधि र कोपा डेल रे जितेको थियो ।

उनको पछिल्लो कार्यकालमा मेस्सी विश्व फुटबलको उदाउँदो खेलाडीका रुपमा थिए । मेस्सीसँगै बार्सिलोनाका अन्य खेलाडीले पनि यसपटक मतदान गरे । मेस्सीको भविष्यबारे अहिले यकिन निर्णय नभएपनि अब उनी क्लबमा बस्ने सम्भावना बढेको छ ।

लापोर्टाले मेस्सी आफैं मतदानमा सहभागी हुनु सकारात्मक पक्ष रहेको बताए । ‘मेस्सी आजभन्दा २० वर्षअघि बार्सिलोना आएका थिए । आज मेस्सी आफ्नो छोरासँग मतदान गर्न आउनु सुखद पक्ष हो,’ उनले भने, ‘अब हामीले आफ्नो ध्यान पेरिसको खेलमा राख्नेछौं । आशा गरौं हामीले अर्को पुनरागमन गर्न सक्नेछौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु