Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार जनाएको हो ।

यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

सोमवार ४२ जना संक्रमित निको भएका छन् । हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु