Information is intelligence
HomeCulture & Religionपशुपतिनाथको विशेष पुजा आज बाट सुरु

पशुपतिनाथको विशेष पुजा आज बाट सुरु

- Advertisement -spot_img

कोरोना महामारीबाट एक वर्ष अघि देखि बन्द रहेको पशुपतिनाथको विशेष पुजा आजबाट सुरुहुदै छ। फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । महाशिवरात्रिलाई मधे नजर गर्दै  एक अघि देखि बन्द रहेको पशुपतिको विशेष पुजा आजबाट सुरु गरिएको हो ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजा आजदेखि शुरु गरिएको हो । महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा रु पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने छ । रु पाँच हजार ५०० पूजा गर्ने दुईजना कर्ता र रु ११ हजार रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु