Information is intelligence
HomeSportsपुलिसको दोस्रो जित,आलम एक्लैको ७ विकेट

पुलिसको दोस्रो जित,आलम एक्लैको ७ विकेट

- Advertisement -spot_img

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

आर्मीले दिएको ८८ रनको लक्ष्य नेपाल पुलिस क्लवले १८ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए ।

यस्तै प्लेयर अफ दि म्य्च बनेका पवन सर्राफले अविजित २२ रन बनाए । दिलिप नाथले १५ रन बनाएर आउट भए ।

आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए ।

आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए ।

पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु