Information is intelligence
HomeShare Bazarमंगलबार २३ अंकले घट्यो नेप्से

मंगलबार २३ अंकले घट्यो नेप्से

- Advertisement -spot_img

काठमाडौं | मंगलबार शेयर बजार परिसूचक (नेप्से) २३.२२ अंकले घटेको छ। २४९४ बाट सुरु भएको बजार ओरालो लाग्दै २४६१.८८ विन्दुमा पुगेर रोकिएको हो।

आज २१० कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूहको सूचक ६८.११ अंकले बढेको छ। त्यस्तै, जलविद्युतको सूचक ३६.३९ र सामूहिक लगानी ०.०१ अंकले बढेको छ भने अरु समूहको सूचक घटेको छ।

आज हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यसको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।

त्यस्तै, चन्द्रागिरि हिल्सको मूल्य ९.९२, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७८ र यूनाइटेड फाइनान्स लिमिटेडको सेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ।

सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी अर्थात् ५.१८ प्रतिशतले घटेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु